मगर सङ्घ गण्डकी प्रदेशमा सिद्धान्त « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मगर सङ्घ गण्डकी प्रदेशमा सिद्धान्त


३० पुस २०७५, सोमबार


गलकोट । नेपाल मगर सङ्घ गण्डकी प्रदेशको अध्यक्षमा सिद्धान्त गर्जा मगर निर्वाचित भएका छन् ।

यही पुस २७ र २८ गते बागलुङमा सम्पन्न गण्डकी प्रदेशको प्रथम अधिवेशनले गर्र्र्जा मगरको अध्यक्षतामा ३५ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको आइतबार बागलुङमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइयो ।

तनहुँ जिल्लामा जन्मेका गर्जा मगर लामो समयदेखि मगर समुदायको अधिकारका लागि लागिरहनुभएको थियो । समितिको प्रथम उपाध्यक्षमा गणेशबहादुर थापा मगर, उपाध्यक्षमा हेमबहादुर बुढामगर, मुख्य सचिवमा विष्णुबहादुर रानामगर, सचिवमा हेमन्त थापामगर, राजकुमार थापामगर र देवीसरा पुलामी मगर रहेका छन् भने महिला सचिवमा तारामाया थापा मगर छन् । त्यस्तै समितिको कोषाध्यक्षमा तुलबहादुर सुनारी मगर, सहकोषाध्यक्षमा मोहन थापामगर रहेका छन् ।

यस्तै सदस्यमा यामकुमारी राना, डिलबहादुर आलेमगर, नन्दबहादुर थापा मगर, भीमकुमारी आले, इन्द्रबहादुर थापा, पवित्रा थापामगर, टकबहादुर रानामगर, इन्द्रमाया रानामगर, सुस्मिता थापामगर, उक्तमप्रसाद वकावल मगर, सिंहबहादुर ढेगामगर, रासबहादुर थापामगर छन् ।

यस्तै बुद्धिबहादुर थापामगर, ज्ञानीसरा थापामगर, दानबहादुर थावपामगर, नारायण थापामगर, लक्ष्मी राना, बालकुमार रोकामगर, अनिल रामजाली मगर, यामकुमारी गर्बुजामगर, बवानीशङ्कर पुनमगर, छविकला थापामगर, योगेश भण्डारी मगर, जितबहादुर पुनमगर, यामबहादुर आलेमगर थिए ।

अधिवेसनमा गण्डकी प्रदेशका १० जिल्लाका ७४ स्थानीय तहबाट ३०० प्रतिनिधि सहभागी भएका थिए । रासस

प्रतिक्रिया दिनुहोस