अमेरिकी उच्च सैनिक कमाण्डर काठमाडौँमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अमेरिकी उच्च सैनिक कमाण्डर काठमाडौँमा


प्रशासन संवाददाता

२६ पुस २०७५, बिहिबार


काठमाडौँ । संयुक्त राज्य अमेरिकाको यूनाईटेड स्टेट इन्डो–प्यासिफिक कमान्डेटका कमाण्डर एडमिरल फिलिप एस डेभिडसन दुई दिने नेपालको औपचारिक भ्रमणको सिलसिलामा बिहीबार काठमाडौँ आएका छन्।

उनलाई सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशक उपरथी गौरव तण्डुलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्। डेभिडसनले टुँडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारिकामा माल्यार्पण गरेका थिए भने उनको सम्मानमा जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गा रत अर्पण गरेको थियो।

सोही क्रममा उनले आजै प्रधानसेनापति पूर्णचन्द्र थापासँग जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गरेका छन् । भेटवार्ताका क्रममा नेपाल स्थित अमेरिकी राजदूत रेन्डी डब्लु बेरी पनि उपस्थित थिए। सो अवसरमा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो।

साथै, नेपाल भ्रमणको क्रममा डेभिडसनले प्रधानमन्त्री केपी शर्मा ओली तथा उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलसँग छुट्टा–छुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। यस्तै उनले नेपाली सेनाको पाँच खाल स्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको समेत निरीक्षण गर्ने कार्यक्रम रहेको छ। भ्रमण सम्पन्न गरी उनी शुक्रवार स्वदेश फिर्ता हुनेछन्।

Tags :
प्रतिक्रिया दिनुहोस