भैँसीपालनबाट मनग्य आम्दानी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

भैँसीपालनबाट मनग्य आम्दानी


प्रशासन संवाददाता

२५ पुस २०७५, बुधबार


लमही । रोजगारीको खोजीमा युवा विदेश पलायन हुने क्रम रोकिएको छैन् । तर स्वदेश फर्केकाले विदेशमा जत्तिकै परिश्रम गरे मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् दाङका हरि रोकाले ।

तुलसीपुर १९ सक्रामका रोकाले विदेशबाट फर्केपछि शुरु गरेको व्यवसायिक भैँसीपालनबाट विदेशमा भन्दा चारगुणा बढी आम्दानी गर्दै आएका छन्। ‘विदेश हुँदा मासिक दशहजार कमाइ हुन्थ्यो’, उनले भने, ‘तर अहिले आफै व्यावसायिक भैँसीपालन गरेर मासिक रु ५० हजार हाराहारी आम्दानी गर्छु ।’

मलेसिया ५ वर्ष बसेर फर्केपछि दुई भैँसीबाट व्यवसाय शुरु गरेका रोकाले अहिले २० भैँसी पालेका छन् । शुभलक्ष्मी पशुपालन फर्ममा मुर्रा क्रस र एउटा होलस्टेन गाई छ जसमध्ये गाई र चार भैँसीले दूध दिन्छन् । एउटा भैसीले कम्तिमा पाँच लिटर दूध दिन्छ । उक्त दूध डेरीमा बेच्ने गरेका छन् । दश लाख लगानीमा २०७१ साल देखि उनको व्यावसायिक भैँसीपालन शुरु भएको हो । थप १० भैँसी थप्ने लक्ष्य छ । व्यवसाय सञ्चालन गर्न उनले वाणिज्य बैंकबाट दश लाख ऋण लिएका छन् ।

तुलसीपुर उपमहानगरपालिकाबाट ४० लिटरको दूध बोक्ने क्यान, ढुवानी सेवालगायत करीब २ लाख ५० हजार सहयोग प्राप्त गर्नु भएको छ । भैँसीलाई दाना र घाँस खुवाउने गरिएको छ । भैँसीबाट उत्पादन भएको गोबरबाट रोकाले गोबर ग्यास निकाल्ने तयारी गरेका छन् ।

भैँसीको गोबर भने स्थानीय किसानलाई बिक्री गर्दै आएको रोकाले बताए । ‘आफूले व्यवसाय सञ्चालन गरे आफू अनुकूल चल्न सकिन्छ, तर अर्काको देशमा काम गर्न गए बिरामी भए पनि काममा खटिनुपर्छ’, उनको भनाइ थियो । घरमै भैँसी पालेर दैनिक दूध, दही खान पाइने र आम्दानी पनि राम्रो हुने भन्दै यो पेशाबाट सन्तुष्ट भएको उनले बताए । उनका अनुसार गाईको एकलाख र अन्य भैँसीको २५ हजारदेखि माथिको बीमा गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस