मन्त्री क्वाटर भैंसेपाटी सारिँदै, प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि पनि भवन निर्माण गरिने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मन्त्री क्वाटर भैंसेपाटी सारिँदै, प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि पनि भवन निर्माण गरिने


प्रशासन विशेष ब्युरो

२० मंसिर २०७५, बिहिबार


मन्त्री क्वाटर

काठमाडौँ । सरकारले पुल्चोकमा रहेको मन्त्री क्वाटरलाई ललितपुरको भैंसेपाटीस्थित सैवु आवास क्षेत्रमा सार्ने भएको छ।

पुरानो र अपर्याप्त रहेको भन्दै मन्त्रिपरिषद्ले नयाँ मन्त्री क्वाटर बनाउने निर्णय गरेको हो।

सैवुमा सांसद आवास निर्माणका लागि छुट्ट्याइएको १४९ रोपनी चार आना ३ दशमलव २८ जग्गामा मन्त्री निवास बनाउन लागेको हो।

मन्त्री क्वाटरसँगै राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष र उपसभामुखको आवास पनि बन्ने सरकारका प्रवक्त्ता एवं सूचना तथा संचारमन्त्री गोकुल बास्कोटाले जानकारी गराएका छन् ।

मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता गोकुल प्रसाद बास्कोटाले २७ वटा आवास निर्माण गर्न लागिएको बताए ।

यससँगै सरकारले प्रदेश प्रमुख र मुख्मन्त्रीको आवास तथा सम्पर्क कार्यालय समेत मन्त्री क्वाटरसँगै बनाउने भएको छ। उनीहरूका लागि १४ वटा भवन निर्माण गर्न लागिएको बास्कोटाले जानकारी दिए।

हाल मन्त्री क्वाटर रहेको पुल्चोक परिसरमा भने १० वटा राजकीय अतिथि गृह निर्माण गर्ने भएको छ । जसका लागि मन्त्री निवास रहेको जग्गा अपर्याप्त भएमा छेउमै भएको नेपाल राष्ट्रिय पुस्तकालयको सरकारी जग्गा उपयोग गर्ने निर्णय गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस