उच्च अदालतद्वारा गरिएको मेडिकल शिक्षासम्बन्धी फैसलाप्रति डा. केसीको असन्तुष्टी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

उच्च अदालतद्वारा गरिएको मेडिकल शिक्षासम्बन्धी फैसलाप्रति डा. केसीको असन्तुष्टी


१९ मंसिर २०७५, बुधबार


काठमाडौं । उच्च अदालतद्वारा गरिएको मेडिकल शिक्षासम्बन्धी फैसलाप्रति डा गोविन्द केसीले आपत्ति जनाएका छन्।

वीरगन्जस्थित नेशनल मेडिकल कलेजले गतवर्ष नियमविपरीत नेपालको प्रवेश परीक्षा उत्तीर्ण नगर्ने विद्यार्थीहरुलाई भर्ना गरेको फैसला अनुसार सो भर्ना सदर भएको भन्दै डां कसीले असन्तुष्टि जनाएका हुन्।

उनले नियम विपरीत भर्ना गरेकोमा दण्डित हुनुपर्नेमा पुरस्कृत गरेको बताएका छन्।

प्रेस विज्ञप्तीमा भनिएको छ, ‘न्यायको आधारभुत सिद्धान्त नै दोषी दण्डित हुने भन्ने हो, दोषी पुरस्कृत हुने र नियमनकारी निकाय दण्डित र निष्प्रभावी हुने अवस्थाले अदालतका आडमा माफियाहरुले मेडिकल कलेजलाई डिग्री किनबेच गर्ने थलो मात्रै बनाएका छन्।’

Tags :
प्रतिक्रिया दिनुहोस