पूर्वलडाकुले गृह मन्त्रालयमै खाए विष ! « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पूर्वलडाकुले गृह मन्त्रालयमै खाए विष !


प्रशासन विशेष ब्युरो

५ मंसिर २०७५, बुधबार


काठमाडौँ । एक पूर्वमाओवादी लडाकुले गृह मन्त्रालयमा विष खाएका छन्।

बुधवार दिउँसो चारबजेपछि त्रिवेणी नगरपालिका २ कालिकोट घर भएका ३२ वर्षीय पूर्वलडाकु कुलप्रसाद भट्टराईले विष खाएको सिंहदरबार प्रहरीले जनाएको छ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई भेट्न गृहमन्त्रालयमा पुगेका पुगेका भट्टराईले विष खाएर बेहोस भएपछि प्रहरीले उनलाई वीर अस्पताल लगेको थियो ।

विष खाएका भट्टराईको अझैसम्म होस खुल्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस