टिपरको ठक्करबाट चार वर्षीय बालकको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

टिपरको ठक्करबाट चार वर्षीय बालकको मृत्यु


प्रशासन संवाददाता

२ मंसिर २०७५, आइतबार


बालक

चितवन । भरतपुर महानगरपालिका–६ ब्रम्हदेव चोकमा आज बिहान टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय गीतानगरले दिएको जानकारी अनुसार मृत्यु हुनेमा भारत घर भई हाल भरतपुर महानगरपालिका–१५ लामिछाने चोकमा डेरा गरी बस्ने महमद आलमका अन्दाजी ४ वर्षीय छोरा अहिल आलम रहेका छन् । बाबु छोरा पटिहानीतर्फ साइकलमा जाँदै गर्दा विपरीत दिशाबाट आउँदै गरेको ना५ख ६९९८ नंको टिपरले साइकललाई ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट गम्भीर घाइते बालकको उपचारका लागि अस्पतालतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । साइकल चालक बाबु आलम सामान्य रहेका छन् । ठक्कर दिने टिपर र चालक प्रहरीको नियन्त्रणमा रहेको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस