कलंकी–सोल्टीमोड सडकखण्ड एक घण्टा बन्द « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कलंकी–सोल्टीमोड सडकखण्ड एक घण्टा बन्द


२९ कार्तिक २०७५, बिहिबार


काठमाडौं । काठमाडौंको कलंकी–सोल्टीमोड सडक खण्ड आज एक घण्टा बन्द भएको  छ ।

सडक विस्तारका क्रममा उत्पन्न धुवाँधुलो, खाल्डाखुल्डीसहितको प्रदुषणले आक्रान्त भएपछि स्थानीयले सडक खण्ड बन्द गराएका हुन् ।

सडक विस्तारको नाममा स्वास्थ्यमाथि अति खेलबाड भएो भन्दै धुवाँधुलो, खाल्डाखुल्डी तत्काल नियन्त्रण गर्न सरकारलाई दवाव दिन सडक नै अवरुद्ध गरेको स्थानीयले बताए ।

सडक व्यवस्थापन गर्न चासो नदेखाएको भन्दै स्थानीयले सरकारको चर्को आलोचना गरेका छन् ।

स्थानीयका अनुसार, ‘सडकको उचित व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकासँग पनि पटक–पटक सम्झौता गरिसकेको छ । तर त्यसको पालना भएको छैन । तत्काल सडक व्यवस्थापन नभए सडक खण्ड अनिश्चतकालसम्म बन्द गरिने छ ।’

प्रतिक्रिया दिनुहोस