हेर्नुस् आज सुनको मुल्य कति ! « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

हेर्नुस् आज सुनको मुल्य कति !


प्रशासन संवाददाता

२५ कार्तिक २०७५, आइतबार


सुनसहित एकजना पक्राउ

काठमाडौं । सुनको मुल्य आज तोलामा एक हजार रुपैयाँले घटेको छ ।

आज तोलाको ५९ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गएको मंगलबार सुन तोलाको ६० हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसपछि तिहारको लागि बन्द भएको कारोबार आइतबार खुलेको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य घटेको तथा डलरभन्दा भारतीय रुपैयाँ मजबुत भएकाले नेपाली बजारमा सुनको मुल्य केही सस्तो भएको महासंघले जनाएको छ । यस्तै, चाँदी आइतबार तोलामा १५ रुपैयाँ घटेर ७ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस