चलचित्र ‘जात्रै जात्रा’को टिजर सार्वजनिक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चलचित्र ‘जात्रै जात्रा’को टिजर सार्वजनिक


प्रशासन संवाददाता

२५ कार्तिक २०७५, आइतबार


काठमाडौं । चलचित्र ‘जात्रा’ को सिक्वोल ‘जात्रै जात्रा’ को टिजर सार्वजनिक भएको छ।

शनिबार युट्युब मार्फत चलचित्रको टिजर सार्वजनिक गरिएको हो।  तीनजना कलाकारको जीवनको भाग दौड देखाइएको छ भने नायक दयाहाङ राईलाई पनि देख्न सकिन्छ। फागुन १७ गते देखि प्रदर्शनमा आउन लागेको ‘जात्रै जात्रा’मा विपिन कार्की,वर्षा राउत,रविन्द्रसिंह बानियाँ, रविन्द्र झा लगायतको मुख्य भूमिका रहेका छ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्रलाई सिंगे लामा र यादव पौडेलले निर्माण गरेका छन्। चलचित्रका कार्यकारी निर्माता  भने रविन्द्र सिंह बानियाँ रहेका छन् । शिवराम श्रेष्ठको छायांकन रहेको चलचित्रमा मित्र डी गुरुङको सम्पादन गरेका छन् भने शंकर महर्जनको द्वन्द्व, कालीप्रसाद बास्कोटा, राजनराज सिवाकोटी र कृष्ण भारद्वाजको संगीत रहेको छ।

 
हेर्नुस् टिजर :

Tags :
प्रतिक्रिया दिनुहोस