रोकी राखेको भ्यानलाई ट्यांकरले ठक्कर दिँदा दुईको मृत्यु, सात घाइते « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

रोकी राखेको भ्यानलाई ट्यांकरले ठक्कर दिँदा दुईको मृत्यु, सात घाइते


३१ आश्विन २०७५, बुधबार


काठमाडौं । चितवनको कुरिनटारमा रोकी राखेको भ्यानलाई ट्यांकरले ठकर दिँदा दुईजनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ट्यांकर चालक सुन्दर खड्का र धादिङ, वैरेनीका ४ वर्षीय रोशन गैरे छन् । घाइतेहरुको पहिचान नभएको प्रहरीले जनाएको छ । घाइते सबैलाई उपचारकालागि भरतपुर अस्पताल लगिएको छ ।

बा १ घ ५६५ नम्बरको दूध बोक्ने ट्यांकरले पोखराबाट धादिङतर्फ जाने क्रममा कुरिनटारमा रोकि राखेको ग २ च १७५१ नम्बरको भ्यानलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा ट्यांकर सडकबाट तल खसेको थियो । भ्यानमा दशैं मनाउन हिँडेका परिवार सवार रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस