सुन तस्करी प्रकरण : गोरेका सहयोगीलाई नेपाल ल्याइयो आजै मोरङ लगिँदै « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

सुन तस्करी प्रकरण : गोरेका सहयोगीलाई नेपाल ल्याइयो आजै मोरङ लगिँदै


२९ आश्विन २०७५, सोमबार


Police

काठमाडौं । सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती (गोरे)का सहयोगी वेनु श्रेष्ठलाई काठमाडौं ल्याइएको छ । उनलाई इन्टरपोलको सहयोगमा दुबईमा पक्राउ गरिएको हो ।

इन्टरपोलमार्फत पक्राउ गरिएका वेनुलाई आइतबार काठमाडौं ल्याई महानगरीय प्रहरी वृत्त, गौशालामा राखिएको छ । सोधपुछ पछि आजै मोरङ जिल्ला अदालतमा हाजिर गराउने तयारी रहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर हुने सुन तस्करीमा लामो समयदेखि सक्रिय रहेका बेनु दुबईमा लुकेर बसेको अवस्थामा पक्राउ परेका थिए। उनले हुण्डीमार्फत् नेपालबाट जाने रकम दुबईमा संकलन गर्थे। उनले नै भरियामार्फत् सुन नेपाल पठाउँदै आएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस