पुटिन अर्को हप्ता भारत आउने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पुटिन अर्को हप्ता भारत आउने


१२ आश्विन २०७५, शुक्रबार


नयाँ दिल्ली । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन आगामी हप्ता भारत भ्रमणमा आउने भएका छन् ।

अक्टोबर ४ र ५ तारिखमा उनले भारतको औपचारिक भ्रमण गर्न लागेको भारतीय विदेश मन्त्रालयका अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।

भ्रमणका क्रममा राष्ट्रपति पुटिनले भारत—रुस बार्षिक द्विपक्षीय सम्मेलनमा सहभागीता समेत जनाउनु हुनेछ । भारत र रुसको दुई पक्षीय सम्मेलन अहिले १९औँ पटक हुन लागेको हो ।

उनले भ्रमणका क्रममा भारतीय समकक्षी रामनाथ कोभिन्द, प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्च पदस्थ अधिकारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस