उपत्यकाका १३ स्थानमा यात्रु सहायता कक्ष « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

उपत्यकाका १३ स्थानमा यात्रु सहायता कक्ष


१२ आश्विन २०७५, शुक्रबार


काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका १३ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।

दशैं, तिहार लगायतका चाडपर्वलाई लक्षित गरेर यात्रु सहायता कक्ष स्थापना गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक महाशाखाका अनुसार राजधानीको कलंकी, स्वयम्भु, नयाबसपार्क, सातदोबाटो, गौशाला, चाबाहिल, बल्खु, दक्षिणकाली, कोटेश्वर, सुन्धारा, बानेश्वर, पुरानो बसपार्क, नागढुंगा र जगातीमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

कक्षमा अपराध एवं दुव्र्यवहार तथा ट्राफिक सम्बन्धी गुनासोहरु सहायता कक्षमा राख्न सकिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस