पेट्रोलियम पदार्थको मूल्य वृद्धि: पेट्रोलमा २ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पेट्रोलियम पदार्थको मूल्य वृद्धि: पेट्रोलमा २ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ


२ आश्विन २०७५, मंगलबार


काठमाडौं। नेपाल आयल निगमले सोमबार रातिदेखि पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको छ ।

राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको हो ।

जसअनुशार पेट्रोलको बजार मूल्य १ सय १४ रुपैयाँ र डिजेल तथा मट्टितेलको प्रतिलिटर १ सय १ रुपैयाँ पुगेको छ । एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत नै राखिएको छ ।

पछिल्लो १५र२० दिनमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेको र अमेरिकी डलरको तुलनामा भारतीय मुद्राको अवमूल्यन भएका कारण भारतको इण्डियन आयल कर्पोरेशनले १६ सेम्टेम्बरमा मूल्य बढाएर पठाएको थियो । त्यसै अनुसार नेपालमा पनि मूल्य बढाएको निगमले जनाएको छ ।

बढाइएको मुल्यपछि निगमलाई पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ९२ पैसा र डिजेलमा प्रतिलिटर २ रुपैयाँ ७२ पैसा नाफा हुने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस