नेपाल प्रहरीका ३ डीआईजी एआईजी बढुवा सिफारिस « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपाल प्रहरीका ३ डीआईजी एआईजी बढुवा सिफारिस


२६ भाद्र २०७५, मंगलबार


एआईजी

काठमाडौं । नेपाल प्रहरीमा ३ जना प्रहरी नायब महानिरीक्षक (डिआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ ।

मंगलबार बसेको बढुवा समितिको बैठकले पहिलो नम्बरमा पुष्कर कार्की, दोस्रोमा ठूले राई र तेस्रोमा धिरु बस्नेतलाई बढुवा गर्न सिफारिस गरेको हो । गृह सचिव प्रेमकुमार रार्इकाे अध्यक्षतामा बसेकाे बढुवा समितीले मंगलबार राती बढुवा  सिफारिस गरेकाे हाे।

हाल कार्की प्रहरी प्रशिक्षण प्रतिष्ठान, राई लागूऔषध नियन्त्रण ब्यूरो र बस्नेत सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयमा कार्यरत रहेका छन् ।

प्रहरीमा ३ जना एआईजीका लागि ५ जना डिआइजी मुख्य प्रतिस्पर्धी रहेका थिए। वरियता क्रममा दोस्रो नम्बरमा चर्चा गरिएका महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रमुख डिआईजी मनोज नेउपाने भने बढुवामा परेनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस