काठमाडौं । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकारणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई पुनः प्राधिकरणको सीईओमा नियुक्त गरेको हो ।
यस अघि ओली सरकारमा हुँदा सीआईओमा नियुक्त भएका ज्ञवाली प्रचण्डको नेतृत्वमा सरकार बनेपछि हटाइएका थिए । ओली सरकारले ज्ञवालीलाई पुनः नियुक्त गरेको हो ।