बैसाख २६ देखि देशभरको यातायात ठप्प ! « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बैसाख २६ देखि देशभरको यातायात ठप्प !


३ बैशाख २०७५, सोमबार


काठमाडौं । यातायात व्यवसायीले वैशाख २६ गतेदेखि अनिश्चितकालीन यातायात बन्द गर्ने निर्णय गरेका छन् ।

सिन्डिकेट हटाउन सरकारले चालेको कदमविरुद्ध व्यवसायीले सो निर्णय गरेका हुन् ।

सरकारले संशोधन गरेको सार्वजनिक यातायात व्यवस्थापन कार्यविधि निर्देशिका खारेजीको काम गर्दै व्यवसायीले आन्दोलनको निर्णय गरेका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सांकेतिक रुपमा वैशाख २० गते सबै यातायातका साधन बन्द गर्ने र २६ गतेसम्म भद्रगोल रुपमा सार्वजनिक यातायात सञ्चालन गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस