श्रावण ४ गते, २०७५

इन्धन बोक्ने ट्यांकरभित्रबाट १६० केजी गाँजा बरामद

काठमाडौं । इन्धन बोक्ने ट्यांकभित्र ठूरो परिमाणमा लागूऔषध गाँजा फेला परेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले ना ४ ख ५३६८७ नम्बरको ट्यांकरभित्र क्याबिनमा १६० केजी गाँजा बरामद गरेको छ । प्रहरीले ७ वटा प्लाष्टिकको बोरामा प्याक गरेरको उक्त परिमाणको गाँजा बरामद गरेको हो । यो सँगै गाँजा तस्करहरुले नयाँ शैली अपनायर तस्किरि गरिरहेको खुलेको छ ।

तस्किरीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–११ का २२ वर्षीय सोमबहादुर थोकर र कैलाश गाउँपालिका–२ का २६ वर्षीय इमानसिंह स्याङ्बो रहेका छन् । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बैशाख ३ गते, २०७५ - १६ः११ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg