कर्णाली प्रदेशका सरकारी कार्यालयमा मंगलबारबाट फेसबुक चलाउन निषेध « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कर्णाली प्रदेशका सरकारी कार्यालयमा मंगलबारबाट फेसबुक चलाउन निषेध


११ चैत्र २०७४, आइतबार


कर्णाली प्रदेशसभा

काठमाडौं । कर्णाली प्रदेशका सरकारी कार्यालयहरुमा फेसबुक चलाउन निषेध गरिने भएको छ ।

कर्मचारीहरु सेवाप्रवाहमा भन्दा पनि फेसबुकमा व्यस्त हुन थालेको भन्दै कर्णाली प्रदेश सरकारले मंगलबारदेखि कार्यालय समयमा फेसबुक चलाउन प्रतिवन्ध लगाउन लागेको हो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कार्यालय समयमा फेसबुक चलाउन निषेध गरिने बारे आइतबारबाट छलफल सुरु गरेका छन् । उनले आज सुर्खेतका इन्टरनेट सेवा प्रदायक कम्पनीका सँग यसबारे छलफल गरेका छन् ।

कार्यालय समयमा फेसबुक बन्द गर्नका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नै आधिकारिक रुपमा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई पत्र पठाउने मुख्यमन्त्री शाहीले बताएका छन् ।

त्यसपछि ति कम्पनिहरुले १० देखि ४ बजेसम्म फेसबुक नचल्ने व्यवस्था मिलाइदिने गरी छलफल भएको मुख्यमन्त्री शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस