सिम्पल डिजाइन मन पराउनेहरुका लागि डिस्कोभर एकदमै राम्रो छ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सिम्पल डिजाइन मन पराउनेहरुका लागि डिस्कोभर एकदमै राम्रो छ


२८ फाल्गुन २०७४, सोमबार


दुइपांग्रे सवारी साधन मध्यम वर्गीय नेपालीको अभिन्न अंग जस्तै भइसकेको छ । कम मुल्यमा बैंक तथा वित्तीय संस्थाले पनि सहजै ऋण उपलब्ध गराउने तथा बढ्दो ट्राफिक जाममा पनि यताउती गरेर सहजै गन्तब्यमा पुग्न सजिलो र आकर्षक सवारी बनेको छ बाइक । नेपालमा बजाजका बाइकहरु निकै चर्चित छन् । युवादेखि पाको उमेर समूहलाई मध्यनजर गर्दै धेरै मोडेलका बाइकहरु बजारमा ल्याएको बजाजले केही समयदेखि डिस्कोभरमा पेट्रोलवाहेक सबै खर्च हाम्रो योजना चलाइरहेको छ । बजाज कम्पनिका बाइक तथा स्किमलगाएत विषयमा केन्द्रित रही हंसराज हुलास चन्द एण्ड कम्पनीका स्वरुम म्यानेजर दिपेशराज आचार्यसंग प्रशासन डटकमले गरेको कुराकानी :

पेट्रोलवाहेक सबै खर्च हाम्रो योजनाले कतिको बजार लियो ?

काठमाडौंमा ठुलो बाइकहरु नै धेरै बिक्छ । १ सय २५ सिसीको त्यति सेल छैन । तर सबैले ठूलै किन्छन् भन्ने छैन । त्यही भएर हामीले मध्यम बर्गलाई तार्गेट गर्दै अलि म्याच्युयर्ड व्यक्तिहरुका लागि डिस्कोभरको नयाँ स्किम ल्याएका छौं । सिम्पल डिजाइन मन पराउनेहरुका लागि डिस्कोभर एकमदै राम्रो छ ।

यतिबेला बजाज डिस्कोभर अफर चलिरहेको छ, पेट्रोल वाहेक सबै खर्च हाम्रो । दुइ वर्षसम्म निःशुल्क स्पेयर पार्टस्, इन्जिन वइल, सर्भिसिङ र लेवर चार्ज फ्रि छ । कम्पनीबाट बिग्रेर आएको हुनसक्ने अवस्थामा १५ दिनको वारेन्टीमा पार्ट्सहरु पनि चेन्ज गर्ने भनेका छौं ।

उपभोक्ताको रोजाइमा कतिको पर्न सफल भयो कि भएन?

काठमाडौंका लागि डिस्कोभर त्यति राम्रो मार्केट त होइन तर पछिल्लो अवधिमा मध्यम बर्गलाइ लक्षित गरेर नेपालभरी नै अफर ल्याएका छौं । अफरपछि काठमाडौंमा पनि मेरो स्वरुमबाट मात्रै दैनिक तीनदेखि चारवटा सम्म बिक्री भइरहेको छ,त्यो भनेको धेरै राम्रो हो ।

समग्रमा बजाजको मार्केट कस्तो छ अहिले ?

यो त सबैलाई थाहा भएकै कुरा हो । हामी नम्वर वान नै हो । खासगरी दुइपाङग्रेको कुरा गर्ने हो भने अहिलेसम्म हामी अगाडी नै छौं । अन्यको तुलनामा धेरै राम्रो छ ।

समस्याहरु कतिको देखिएका छन् ?

प्राविधिक कुराहरुमा कहिले काहीँ समस्या आइहाल्छ । तर हाम्रै कारणले प्रयोगकर्तालाई अफ्ठेरो नपरोस् र छिटो छरितो सेवा दिन सकियोस् भनेर नै हामीले नाइट वर्कसपहरु पनि सुरु गरेका छौं । हाम्रो सेल्स बढी छ । त्यसको लागि पनि हामीले सर्भिसमा धेरै टाइम दिनु पर्छ । त्यसलाई मेन्टेन गरिरहेका छौं ।

स्वास्थ्यका हिसावले कतिको सुविधाजनक छन् नि?

डिस्कोभर भनेको ढाड नदुख्ने, म्याच्यूयर्ड, अलिमोटा र पेटै निस्केको मान्छेहरुनै चढ्दा पनि सुहाउने र कम्र्फटेवल बाइक हो । केटाहरुले स्पोर्ट्स लुक्स खोज्छन् । जस्तो ठुलो ठुलो बाइकहरु अझ तल निहुरियर चलाउनु पर्ने हुन्छ । त्यो भन्दा हाम्रो कम्फरटेवल नै छ । स्पोर्सर डिस्कोभर बाइक भनेका फ्याम्लि बाइक हुन् । जवानीमा त केही हुँदैन तर अलि उमेर ढल्किदै गएपछि मान्छेले कम्फरटेवल नै चढ्न खोज्छन् त्यसका लागि हामीसँग एभेन्जर, डिस्कभर, प्लाटिना, भी १५ छ ।

उमेर समुहका हिसावले कसले कुन बाइक बढी प्रयोग गरिहेको देखिन्छ ?

बाहिरको त मलाई थाहा छैन तर काठमाडौंको सन्दर्भमा भन्नुहुन्छ भने युवाहरु नै हो । यौङ केटाहरुको मुखमा पहिलो प्लसर आउँछ । २० देखि ४० वर्ष उमेर समुहका व्यक्तिहरुको बढी आकर्षक हुने पल्सरमा नैहो । त्यसमा पनि रोजाइहरु छन् । १ सय ५० सिसीदेखि २ सय, २ सय २० र अहिले आएर अलि ह्याभिमा डोमिनर आएको छ । एभेन्जरमा पनि त्यत्तिकै क्रेज छ । यसका साथै भी १५ र डिस्कोभर अलि म्याच्युयर्ड व्यक्तिहरुले पनि रामै्र मन पराएका छन् । यसरी बुझ्नुस् कि हरेक उमेर समूहलाइ सुहाउने बाइक हामीसँग छ ।

यहाँले पल्सरको निकै चर्चा गनुभयो तर सबैभन्दा बढी दुर्घटना पनि पल्सर नै हुने गरेको छ नि ?

यो स्पोर्टस् बाइक हो । प्रायः यौङ केटाहरुले चलाउँछन् । ओभर स्पिडमा चलाउँछन् र कन्ट्रोल गर्न नसकेपछि दुर्घटना हुने हो । बाइक आफै पल्टिने होइन । यसको पिकअप राम्रो छ । आफ्नो नियन्त्रणमा राखेर होसियारीपूर्वक चलाउने हो भने बाइक धेरै राम्रो छ । लापरवाही गरेर चलाउने हो भने जुनसुकै बाइक पनि दुर्घटना हुन्छ । एक्सिडेन्ट बाइकले गर्दा होइन, मान्छेले गर्दा हुने हो ।

थप केही भन्न चाहनुहुन्छ कि?

बजाज चलेको ब्रान्ड हो । नम्वर वान छौं हामी । अहिलेको अवस्थामा हाम्रो बाइक लिनलाई सोच्नु पर्ने स्थिति छैन । पाँच देखि १० किलोमिटरको दुरीमा सर्भिस सेन्टरहरु छन् । बाइक किन्नु ठुलो कुरा होइन । त्यसका स्पेयर पार्ट्सपुर्जाहरु सहज रुपमा पाउनु सबैभन्दा ठूलो कुरा हो । सर्भिसदेखि सामानहरु सबैमा हामी सक्षम छौं । त्यो भएर बजाज नै किन्नुहोस् ।

Tags :
प्रतिक्रिया दिनुहोस