काठमाडौं । छैटौं राष्ट्रिय स्वास्थ्य सेवा दिवसका अवसरका ४ जना स्वास्थ्यकर्मीले ‘स्वास्थ्य सेवा पुरस्कार’बाट पुरस्कृत भएका छन् ।
स्वास्थ्य मन्त्रालयमा मंगलबार आयोजित विशेष समारोहमा सरकारका मुख्य सचिव लोकदर्शन रेग्मीले उनीहरुलाई पुरस्कार प्रदान गरेका छन् ।
पुरस्कार पाउनेहरुमा झापा शान्तिनगरका सिनियर अहेब दीपक सापकोटा, यदुकुदा आयुर्वेद औषधालय धनुषाका कविराज अधिकृत राम छविला यादव, वीर अस्पतालकी स्टाफ नर्स उजेली पछाई र सिन्धुली अस्पतालकी गाइनोकोलोजिस्ट डा सुमित्रा गौतम रहेकी छन्।