जन्मँदै जीर्ण प्रदेश व्यवस्थापन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जन्मँदै जीर्ण प्रदेश व्यवस्थापन


११ फाल्गुन २०७४, शुक्रबार


प्रदेश १ : मुख्यमन्त्री राष्ट्र बैंकको गेस्टहाउसमा, आन्तरिक मामिलामन्त्री रिसोर्टमा

मुख्यमन्त्री शेरधन राईका लागि जहदा रोडमा एउटा घर तयार पारिएको थियो, तर अपायक र असुरक्षित भएको भन्दै उनी राष्ट्र बैंकको गेस्टहाउसमा बसिरहेका छन् ।

आन्तरिक मामिलामन्त्री हिक्मत कार्की फुड एन्ड फन रिसोर्टमा र आर्थिक मामिलामन्त्री इन्द्र आङ्बो होटेल स्वागतममा छन् । पर्यटनमन्त्री जगदीश कुसियत ४० किमि टाढा कोसी गाउँपालिका (सुनसरी)स्थित निवासबाट आउँछन् । सामाजिक विकासमन्त्री जीवन घिमिरेको घर भने नजिकै भएकाले आउजाउ गर्न सजिलो छ ।

प्रदेश २ : केन्द्रले दिएका पाँचमध्ये तीन गाडी चल्नै नसक्ने, दुई गाडी बनाउन १७ लाख लाग्ने

केन्द्रीय सरकारले दिएका तीनवटा गाडी चल्नै नसक्ने अवस्थाका छन् । अरू दुई गाडीमध्ये एउटा मुख्यमन्त्री मो लालबाबु राउत गद्दी र अर्को अर्थ मामिला तथा योजनामन्त्री विजय यादवले चढिरहेका छन् । ती दुई गाडी मर्मत गर्न १७ लाख लाग्ने अनुमान छ ।

धनुषास्थित सिँचाइ कार्यालयले सभामुख सरोजकुमार यादवलाई दिएको गाडीमा सिट कभरसमेत छैन । भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनललाई कृषि तालिम केन्द्रले दिएको गाडी पनि सोमबार राति वीरगन्जबाट फर्कंंदा बिग्रिएपछि थन्क्याइएको छ ।

प्रदेश ३ : १६९ कर्मचारी अझै हाजिर भएनन्, प्रदेश प्रमुख पनि पाँच दिन मात्र हेटौँडामा

प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश सभा सचिवालय र सात मन्त्रालयका लागि केन्द्रबाट दुई सय ३७ कर्मचारी खटाइए पनि हालसम्म ६८ कर्मचारी मात्र हाजिर भएका छन् । १६९ कर्मचारी सम्पर्कमा छैनन् ।

मुख्यमन्त्री र मन्त्रीहरूको शपथपछि उपचारका लागि भारत गएकी प्रदेश प्रमुख अनुराधा कोइराला १६ फागुनमा मात्रै हेटौँडा आइपुग्ने मुख्यमन्त्री डोरमणि पौडेलले बताए । तर, उपचारका लागि जानुअघि पनि उनी दुईपटक गरी पाँच दिन मात्रै हेटौँडा बसिन् ।

प्रदेश ४ : मुख्यमन्त्री र मन्त्रीका लागि आवास तयार

तुलनात्मक रूपमा प्रदेश ४ मा आवास व्यवस्थापनमा प्रगति भएको छ । प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख, उपसभामुख र मन्त्रीहरूको निवास भवन मर्मतसम्भारको बाहिरी तयारीको काम करिब सकिएको छ । तर, भवनभित्र अझै सकिएको छैन ।

सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय कास्कीका निमित्त प्रमुख किशोरलाल महाजूका अनुसार पश्चिमाञ्चल सिँचाइ निर्देशनालयमा ४ मन्त्रीका लागि आवास व्यवस्था गरिएकोमा तीन निवास तयार छन् ।

प्रदेश ५ : २३५ कर्मचारी बुटवल पठाइएकोमा ४९ हाजिर

केन्द्रबाट दुई सय ३५ कर्मचारी खटाइएकोमा ४९ जना मात्रै बुटवल पुगेका छन् । त्यस्तै, प्रदेश प्रमुख उमाकान्त झा सडक विभागको गेस्टहाउसमै छन् । उनलाई उच्च अदालतको निर्माणाधीन भवनमा राख्ने तयारी छ ।

ख्यमन्त्री शंकर पोखरेलको निवास राजस्व अनुसन्धानको कार्यालयमा छ । आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले भने अहिलेसम्म आवास पाएका छैनन् । चौधरी नवलपरासीस्थित घरबाटै धाइरहेका छन् ।

प्रदेश ६ : सरकारी निवास नपाउँदा मन्त्रीको वास होटेलमा

कर्मचारीले क्षेत्रीय कार्र्यालयका निवास छाड्न ढिला गर्दा सभामुख र मन्त्रीले सरकारी निवास पाएका छैनन् । प्रदेश प्रमुख दुर्गाकेशर खनालले पनि नियुक्त भएको दुई सातापछि क्षेत्रीय वन तालिम केन्द्रका निर्देशकको निवास पाएका थिए ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाही कार्यालयकै गेस्टहाउसमा बस्दै आएका छन् । तर, सभामुख राजबहादुर शाही र उपसभामुख पुष्पा घर्ती विष्ट आफन्तको घरमा बस्दै आएका छन् । आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला वीरेन्द्रनगरस्थित फूलबारी होटेलमा बस्दै आएका छन् ।

प्रदेश ७ : प्रदेश प्रमुखको कार्यालयका कर्मचारी सम्पर्कमा छैनन्

सरकारले प्रदेश ७ का सबै निकायका लागि दुई सय ३७ जना कर्मचारीको दरबन्दी स्वीकृत गरेको भए पनि सामान्य प्रशासन मन्त्रालय र अन्य मन्त्रालयबाट हालसम्म एक सय १९ जना कर्मचारी मात्रै खटाइएको छ । तीमध्ये पनि धेरै कर्मचारी हाजिर भएका छैनन् ।

देश प्रमुखको कार्यालयमा खटाइएका अधिकृत खेमराज खत्री, गगनसिंह विष्टलगायत कर्मचारी सम्पर्कमा आएका छैनन् । यो कार्यालयमा १८ जना खटाइएकोमा ११ मात्र हाजिर भएका छन् । अरू मन्त्रालयमा त अझै धेरै समस्या छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस