नेपालद्वारा युएई चार विकेटले पराजित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपालद्वारा युएई चार विकेटले पराजित


प्रशासन विशेष ब्युरो

२८ माघ २०७४, आइतबार


आईसीसी विश्व क्रिकेट लिग डिभिजन दुई अन्तर्गत आइतबार भएको खेलमा नेपालले यूएईलाई ४ विकेटले पराजित गरेको छ ।

जितका लागि पाएको ११५ रनको लक्ष्य नेपालले २८ दशमलव पाँच ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो ।

नेपालका लागि कप्तान पारस खड्काले ५१ रन बनाए । यस क्रममा उनले पाँच छक्का र दुई चौका हाने । आरिफ शेखले १६ तथा रोहितकुमार पौडेल र सोमपाल कामीले अविजित रहँदै क्रमशः १२ र १० रन बनाए ।

नामिबियाको युनाइटेड ग्राउण्डमा नेपालले टस जितेपछि फिल्डिङ रोज्यो । ब्याटिङको निम्तो पाएको यूएईले ३१ ओभरमा सबै विकेट गुमाई ११४ रन बनायो । ओसिलो मैदानका कारण खेल ३४ ओभरमा घटाइएको थियो ।

युएईका लागि शइमन अन्वारले सर्वाधिक ३० रन बनाए । बलिङतर्फ नेपालका लागि सोमपाल कामीले चार, सन्दिप लामिछाने तीन, कप्तान पारस खड्काले दुई तथा करण केसीले एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस