एमालेले ४ र माओवादी केन्द्रले २ प्रदेशको मुख्यमन्त्री लिने सहमति « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एमालेले ४ र माओवादी केन्द्रले २ प्रदेशको मुख्यमन्त्री लिने सहमति


१४ माघ २०७४, आइतबार


काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको आज बसेको बैठकले ७ वटै प्रदेशका मुख्यमन्त्री, सभामुख र उपसभामुख पदको भागबडा टुङ्ग्याएको छ ।

मुख्यमन्त्रीको भागवन्डामा प्रदेश नम्बर १, ३, ४ र ५ एमालेको भागमा परेको छ भने प्रदेश नम्बर ६ र ७ माओवादी केन्द्रको भागमा परेको छ ।

यस्तै सभामुखको भागवन्डामा प्रदेश नम्बर ४ र ५ माओवादी केन्द्रको भागमा परेको छ । प्रदेश नम्बर १, ३, ६ र ७ मा भने एमालेबाट सभामुख बनाउने सहमति भएको छ ।

उपसभामुख प्रदेश नम्बर १, ३, ४ र ५ माओवादीले पाएको छ भने एमालेले प्रदेश नम्बर ६ र ७ पाएको छ।

दुई पार्टीबीच प्रदेशमा सरकार बनाउँदा ७० र ३० प्रतिशत कायम गरिने सहमति पनि भएको छ । बैठकले प्रदेश सरकारमा ७ देखि ११ जनासम्मको मन्त्री मण्डल बताउने निर्णय गरेको पनि स्रोतले जानकारी दिएको छ ।

प्रदेश नं २ मा भने वाम गठबन्धनलाई सरकार बनाउने गरी जनमत प्राप्त भएको छैन ।

प्रतिक्रिया दिनुहोस