काठमाडौं । निर्वाचन आयोग राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाताहरुको नामावली आज प्रकाशित गर्ने भएको छ ।
माघ २४ हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचनमा सहभागि उम्मेदवारको नामावली आयोग सार्वजनिक गर्न लागेको हो ।
आइतबार सातवटै प्रदेशका प्रदेश सांसदहरुले शपथ लिने कार्यक्रम छ उक्त कार्यक्रम सकिएपछि नामावली प्रकाशित हुने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
राष्ट्रियसभा चुनावका लागि प्रदेशसभाका सांसद् र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता हुने व्यवस्था छ ।