प्रचण्डपुत्र प्रकाश दाहालको निधन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रचण्डपुत्र प्रकाश दाहालको निधन


प्रशासन विशेष ब्युरो

३ मंसिर २०७४, आइतबार


काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’पुत्र प्रकाश दाहालको निधन भएको छ ।

आइतबार विहान ५ बजे अचानक बेहोस भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा पुर्याइएका दाहालको अस्पताल नपुग्दै निधन भइसकेको अस्पताल स्रोतले जनाएको छ ।

दाहालको निधन भएको औपचारिक घोषणा केहीबेरमा अस्पतालले पत्रकार सम्मेलन मार्फत गर्दै छ ।

चुनावी अभियानमा झापामा रहेका पुष्पकमल दाहाल, प्रकाशकी दिदी रेणु दाहाल काठमाडौं आउँदै छन् ।

अस्पतालमा सुरक्षा व्यवस्था कडा गरिएको छ भने अहिले अस्पताल परिषरमा सुरक्षा निकायका अधिकारी, नेताहरु र सर्वसाधारण लगायतको भीड लागेको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका दाहालका एक मात्र छोरा प्रकाश दाहाल प्रचण्डको सचिवालयमा काम गर्दै आएका थिए। प्रकाशका श्रीमती र दुई बालबच्चा छन्।

 

 

Tags :
प्रतिक्रिया दिनुहोस