सिट बाँडफाँटको जिम्मा शीर्ष नेतृत्वलाई « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सिट बाँडफाँटको जिम्मा शीर्ष नेतृत्वलाई


२२ आश्विन २०७४, आइतबार


काठमाडौं । कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनको कार्यदलले सिट बाँडफाँटको जिम्मा शीर्ष नेतृत्वलाई दिएको छ ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धनमा आवद्ध दलका नेताहरूसँग छुट्टाछुट्टै छलफल गरी सिट संख्यामा सहमति जुटाउने प्रयास गर्नेछन् ।

चुनावी तालमेलको गृहकार्य गर्न कांग्रेस नेता विमलेन्द्र निधिको नेतृत्वमा कार्यदल बनाइएको थियो । उक्त कार्यदलले सिट बाँडफाँड गर्न नसकेपछि शीर्ष नेतृत्वलाई जिम्मा दिएको हो ।

सिट संख्या बाँडफाँटमा समस्या भएको फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरीले जानकारी दिए । प्रधानमन्त्रीले गठबन्धनमा आबद्ध दलका नेतासँग छलफल गरी सिट संख्या निर्धारण गरेपछि कार्यदलले जिल्ला र क्षेत्र छुट्याउनेछ ।

कांग्रेस नेतृत्वको गठबन्धनमा राजपा, संघीय फोरम, फोरम लोकतान्त्रिक, राप्रपा र राप्रपा प्रजातान्त्रिक छन् । गठबन्धनमा आबद्ध फोरम लोकतान्त्रिक र राप्रपाले २०/२० सिट मागेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस