कृष्ण बहादुर राउत सचिवमा बढुवा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

कृष्ण बहादुर राउत सचिवमा बढुवा


२१ पुस २०७८, बुधबार


काठमाडौँ । सरकारले वरिष्ठ सहसचिव कृष्ण बहादुर राउतलाई सचिव(विशिष्ट श्रेणी) मा बढुवा गरेको छ ।

बुधवार(आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा सिफारिस समितिले एक नम्बरमा सिफारिस गरेका राउतलाई बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासन सिँहदरवार ब्युरोलाई बताए ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मंगलवार(हिजो) सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिवत्रय राउतसहित रामेश्वर दंगाल र मुकुन्द प्रसाद निरौलाको नाम सिफारिस गरेको थियो ।

सम्बन्धित समाचार : सचिवका लागि तीन सहसचिवको नाम सिफारिस

राउत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सहसचिव एवं प्रवक्ता हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस