सचिवका लागि तीन सहसचिवको नाम सिफारिस « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सचिवका लागि तीन सहसचिवको नाम सिफारिस


२१ पुस २०७८, बुधबार


काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले एक सचिव(विशिष्ट श्रेणी) पदका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेको छ ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मङ्गलवार बसेको बढुवा सिफारिस समितिको बैठकले वरिष्ठ सहसचिव त्रय सचिव त्रय कृष्ण बहादुर राउत, रामेश्वर दंगाल र मुकुन्द प्रसाद निरौलाको नाम सिफारिस गरेको हो ।

आज(बुधवार) बस्ने मन्त्रिपरिषद्को बैठकले तीन जनामध्ये एकलाई सचिवमा बढुवा गर्नेछ । सामान्यतया: पहिलो नम्बरमा सिफारिस सहसचिवलाई नै सचिवमा बढुवा गरिँदै आएकोले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका वरिष्ठ सहसचिव राउत सचिवमा बढुवा हुनेछन् ।

सम्बन्धित समाचार : रक्षा सचिव शर्मा अवकाश

पुस १४ गते रक्षा सचिव बेगेन्द्र राज शर्माले अनिवार्य अवकाश शर्माले अनिवार्य अवकाश लिएसँगै एक सचिव पद रिक्त भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस