एआईजीमा बढुवासँगै पोखरेललाई अपराध अनुसन्धान विभागमा पदस्थापन, मेट्रोमा पाल « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

एआईजीमा बढुवासँगै पोखरेललाई अपराध अनुसन्धान विभागमा पदस्थापन, मेट्रोमा पाल


२५ मंसिर २०७७, बिहिबार


काठमाडौँ । सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी)मा बढुवा गरेका विश्वराज पोखरेललाई अपराध अनुसन्धान विभागमा पदस्थापन गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरेललाई बढुवासँगै पदस्थापन गर्ने निर्णय गरेको हो ।

सम्बन्धित समाचार : विश्वराज पोखरेल एआइजीमा बढुवा

पोखरेल कार्यरत महानगरीय प्रहरी कार्यालय रानीपोखरी(मेट्रो)मा अपराध अनुसन्धान विभागमा कार्यरत एआइजी हरिबहादुर पालको सरुवा गरेको छ।

रानीपोखरीमा प्रहरी नायब महानिरीक्षक(डिआइजी)को दरबन्दी रहेको भए पनि अब एआइजी राख्ने निर्णय सरकारले गरेको हो।

हालै मात्र सङ्गठन संरचना तथा व्यवस्थापन(ओएन्डएम) स्वीकृत गर्दै सरकारले एक जना एआइजीको दरबन्दी थप्ने निर्णय गरेको थियो। सो दरबन्दीमा डिआइजी पोखरेललाई बढुवा गर्ने निर्णय बढुवा समितिले गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस