विश्वराज पोखरेल एआइजीमा बढुवा « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

विश्वराज पोखरेल एआइजीमा बढुवा


२५ मंसिर २०७७, बिहिबार


काठमाडौँ । सरकारले प्रहरी नायब महानिरीक्षक९डिआइजी० विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक९एआइजी० पदमा बढुवा गर्ने निर्णय गरेको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिको बैठकले सिफारिस गरेका पोखरेललाई डिआइजी पोखरेललाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासनलाई बताए ।

गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा मङ्सिर १५ गते बसेको बढुवा समिति बैठकले पोखरेललाई सिफारिस गरेको थियो ।

सम्बन्धित समाचार : विश्वराज पोखरेल एआइजीमा सिफारिस

उजुरी परेपछि संसदको राज्य व्यवस्था तथा सुशासन समितिले अतिरिक्त महानिरीक्षक पद थप्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस