काठमाडौँ । सर्वोच्च अदालतले सेवाग्राही तथा सरोकारवालाबाट प्राप्त हुने गुनासा, सुझाव र प्रतिक्रियालाई प्रभावकारी रूपमा सम्बोधन गर्ने उद्देश्यले सम्पर्कका विभिन्न माध्यम सार्वजनिक गरेको छ।
सर्वोच्च अदालतद्वारा जारी सूचनाअनुसार प्रधान न्यायाधीशको सचिवालयमा सरोकारवाला एवं सेवाग्राहीहरूले आफ्ना गुनासा, सुझाव तथा प्रतिक्रिया ह्वाट्सएप, भाइवर, इमेल तथा टोल-फ्री नम्बरमार्फत पठाउन सक्नेछन्।
अदालतले सार्वजनिक गरेको विवरणअनुसार ह्वाट्सएप तथा भाइवरका लागि सम्पर्क नम्बर ९७६८५७००५५ रहेको छ भने इमेल गुनासोटिओसिजे एट सुप्रिमकोर्ट डट जीओभी डट एनपी (gunasotocj@supremecourt.gov.np) मार्फत पनि सम्पर्क गर्न सकिने छ। त्यसै गरी टोल-फ्री नम्बर १६६०-०१-३३३-५५ मा समेत आफ्नो गुनासो वा सुझाव राख्न सकिने सूचनामा उल्लेख गरिएको छ।







