काठमाडौँ । प्रतिनिधि सभाका सचिव हर्कराज राईलाई पदबाट हटाइएको छ ।
सभामुख डीपी अर्यालको सिफारिसपछि राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पदमुक्त गरेको जनाइएको छ ।
राईलाई यसअघि तत्कालीन सभामुख देवराज घिमिरेको कार्यकालमा प्रतिनिधिसभा सचिवमा नियुक्त गरिएको थियो ।








