२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुकुम्वासी परिवारका विद्यार्थीलाई संस्कृत शिक्षाका लागि भर्ना हुन आग्रह

अ+ अ-

महोत्तरी । मटिहानी-७ स्थित राजकीय संस्कृत माध्यमिक विद्यालयले सुकुम्वासी परिवारका विद्यार्थीलाई अपिल गरेको छ । जारी शैक्षिक सत्र २०८३ का लागि कक्षा–८ र ९ मा भर्ना हुन विद्यालयले अपिल गरेको हो ।

“हामीले जारी २०८३ को शैक्षिक सत्रमा सुकुम्वासी परिवारका ३० छात्रलाई पठनपाठनका आधारभूत शैक्षिक सामग्री, आवास र भोजनसहितको नि:शुल्क प्रबन्ध गर्दैछौँ”, विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद पौडेल भने, “यस अभियानमा भर्ना हुने विद्यार्थीले कक्षा १२ सम्म सुविधा पाउने छन् ।” भर्ना आगामी जेठ १५ सम्म भइसक्नुपर्ने विद्यालयले जनाएको छ ।

उनले ७७ जिल्लाका विद्यार्थी सरिक हुनसक्ने स्पष्ट पारे । “यसका लागि विद्यार्थीको नाम, ठेगाना र जन्म मिति स्पष्ट खुल्ने गरी सम्बद्ध स्थानीय तहको वडा कार्यालयले सुकुम्वासी भएको प्रमाणित गरेको सिफारिस भए पुग्छ ।” प्रअ पौडेलले भने ।

अहिले शैक्षिक सामग्री, आवास र भोजनसहितको नि:शुल्क अवसर भने सुकुम्वासी परिवारका विद्यार्थीलाई लक्षित गरी ३० जनालाई दिन लागिएको हो । विगतमा ब्राह्मण जाति समुदायका लागि मात्र संस्कृत शिक्षा दिँदै आए पनि पछिल्ला दुई दशकयता भने विद्यालयले ‘सबैका लागि संस्कृत शिक्षा’को अवधारणाअनुसार सबैलाई पढ्ने अवसर खोलेको छ । आवास र भोजनसहितको यो अवसर अहिले छात्रका लागि मात्र भएको गुरुकुलले स्पष्ट पारेको छ ।

विसं १७७५ मा स्थापित यो विद्यालय सीमा क्षेत्र (दशगजा) बाट १०० मिटर मात्र भित्र छ । सीमा नजिक हुँदा यहाँ भारतीय छात्रछात्रा पनि संस्कृत अध्ययनका लागि आउने गरेका छन् । कक्षा आठदेखि १२ सम्म अध्ययन/अध्यापन हुने गुरुकुलमा अहिले मुलुकका २७ जिल्लाका विद्यार्थी अध्ययनरत रहेका प्रधानाध्यापक पौडेलले जानकारी दिए ।

विद्यालयमा संस्कृततर्फ साहित्य, व्याकरण, न्याय, कर्मकाण्ड र ज्योतिषमध्ये दुई ऐच्छिक र भाषा अनिवार्य छ । यस्तै संस्कृतका अतिरिक्त साधारण विद्यालयका अनिवार्य विषय यहाँ पनि पढाइन्छन् । टाढाका गरिब विद्यार्थीका लागि गुठी संस्थानले भोजन व्यवस्थापन गर्दै आएको छ ।

बालगुरु षडाननले शिक्षा लिएको यो गुरुकुललाई अहिले संस्कृत भाषा, साहित्यको अनुसन्धान केन्द्रका रूपमा विकास गरिन पर्ने माग बढेको छ । मटिहानी नगरपालिकाले गुरुकुललाई संस्कृत भाषा, साहित्यको अनुसन्धान केन्द्रका रूपमा विकास गरिन सरकारको ध्यानाकर्षण गराइँदै आइएको नगरप्रमुख हरिप्रसाद मण्डलको भनाइ छ ।

Leave a Reply