काठमाडौँ । भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरमा बिचौलिया प्रवेश गरी कर्मचारीलाई काम गर्न अवरोध पुर्याएको भन्दै प्रहरीले आज ११ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले भक्तपुर नगरपालिका-१० स्थित भूमि सुधार तथा मालपोत कार्यालयबाट उनीहरूलाई आज पक्राउ गरिएको जानकारी दिए ।
लेखापढी व्यवसायी तथा भूमि सेवा व्यवसायीको नाममा कार्यालयभित्र प्रवेश गरी सेवा प्रवाहमा असर पुर्याउने कार्य गर्दै आएको कार्यालयबाट गुनासो आएपछि प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान अगाडि बढाएको उनले जानकारी दिए ।
One Comment
Leave a Reply
You must be logged in to post a comment.








License wala lutera hun