काठमाडौँ । पूर्णबहादुर खड्काले पार्टी सदस्यता कुनै नेताले लहडमा भाषणमार्फत खारेज गर्न नसकिने स्पष्ट गरेका छन्।
उनले नेपाली काँग्रेस भित्र सदस्यता सम्बन्धी अधिकार र प्रक्रियाबारे संस्थागत निर्णय र विधानको पालना अनिवार्य हुने बताएका हुन्।
निवर्तमान कार्यवाहक सभापति खड्काले सोमबार जारी गरेको विज्ञप्तिमा क्रियाशील सदस्यता पार्टीको ऐतिहासिक योगदान, लोकतान्त्रिक आन्दोलन र शहीद परिवारको सम्मानसँग जोडिएको विषय भएको उल्लेख गरेका छन्। उनका अनुसार सदस्यता केवल संगठनात्मक पहिचान नभई राजनीतिक योगदानको प्रमाणका रूपमा रहने व्यवस्था हो।
विज्ञप्तिमा पार्टीको महाधिवेशनले तोकेको वैधानिक प्रक्रियाबाहेक आम सदस्यको क्रियाशील सदस्यता खारेज गर्न नसकिने उल्लेख गरिएको छ। साथै, सदस्यता नवीकरण तथा नयाँ सदस्यता प्रक्रियालाई विधानअनुसार व्यवस्थित रूपमा अघि बढाउनुपर्नेमा जोड दिइएको छ।
खड्काले पार्टीभित्र देखिएका मतभेदका बाबजुद निर्धारित कार्यतालिका अनुसार १५ औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने धारणा राखेका छन्। यसअघि केन्द्रीय कार्यसमिति बैठकले वैशाख २८ देखि ३१ सम्म महाधिवेशन गर्ने कार्यतालिका पारित गरेको भए पनि पछि त्यो समयमा सम्पन्न हुन नसकेको उल्लेख गरिएको छ।
पार्टीभित्र नियमित र विशेष महाधिवेशनबारे फरक–फरक धारणा देखिएको पृष्ठभूमिमा पछिल्लो समय नयाँ कार्यतालिका र संगठनात्मक निर्णयहरूबारे विवाद जारी रहेको जनाइएको छ। त्यसैअनुसार केन्द्रीय अनुशासन समितिले पनि सार्वजनिक अभिव्यक्तिबारे प्रक्रिया अघि बढाउने निर्णय गरेको सन्दर्भ उल्लेख गरिएको छ।
One Comment
Leave a Reply
You must be logged in to post a comment.








चुनावमा टिकट लिदा के चाहिएन अहिले अनेक बाहना??? हरे शिव!!