मकवानपुर । बागमती प्रदेश सभाको अर्को बैठक यही जेठ १९ गते बिहान ११:०० बजे बस्ने भएको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमलाई बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बुधबार सार्वजनिक गरेका थिए ।
प्रदेश सभाको यही जेठ १९ गते बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रमका लागि पूर्ण छलफल प्रारम्भ हुने जनाइएको छ । सो नीति तथा कार्यक्रममाथि छलफलका लागि जेठ १९, २० र २१ गतेको समय तोकिएको र सोही बैठकमा क्रमशः विशेष समय र शून्य समयको कार्यसूची रहने प्रदेशसभाको सचिव रामकुमार पौडेलले जानकारी दिए ।