काठमाडौँ । नेपाल तरुण दलमा आबद्ध भएको भनी सानूभाई भन्ने व्यक्तिले गृहमन्त्री रमेश लेखकको मुद्दा फिर्ता गर नत्र ज्यान मार्छु भनी युवराज सफलसँग भएको कुराकानीको अडियो समाजिक सञ्जाल मार्फत बाहिर आएको विषयमा नेपाल तरुण दलले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाल तरुण दलले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी संगठनलाई बदनाम गराउन खोजेका भन्दै युवराज सफल र सानुभाईलाई कारबाहीको दायरमा ल्याउन माग गरेको हो।
‘ती दुई पक्षहरुकाबिच नेपाल तरुण दलको नाम जोडेर आएको उक्त अडियोको निष्पक्ष छानबिन गरी हाम्रो संगठनलाई दुर्भावना राखी बदनाम गराउन खोज्ने युवराज सफल र अडियोमा भनिएको सानुभाई दुवैलाई अनुसन्धानको दायरामा ल्याई कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन प्रशासनलाई अनुरोध गर्दछौँ,’जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।
दुर्भावना राखी बदनाम गराउन खोज्ने युवराज सफल र अडियोमा भनिएको सानुभाई दुवैलाई अनुसन्धानको दायरामा ल्याई कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन प्रशासनलाई तरुण दलले माग गरेको हो ।
