११ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाकिस्तानको पञ्जाबमा आँधी : १९ जनाको मृत्यु, जनजीवन अस्तव्यस्त

अ+ अ-

इस्लामाबाद । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा शनिबार परेको भीषण हावाहुरीका कारण १९ जनाको ज्यान गएको छ भने ९० भन्दा बढी मानिसहरू घाइते भएका छन् । प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पीडिएमए) ले आइतबार सार्वजनिक गरेको विवरणमा यसबारे जानकारी दिइएको हो ।

पीडिएमएका अनुसार मृतकहरू प्राय: माटो वा कमजोर संरचनाका घरमा रहेका थिए । ती घरहरूमा पर्खाल वा छाना ढल्यो, जसले मानिसहरूलाई पुरेको थियो । हावाहुरी र असिनाका कारण रूख ढलेका, पर्खाल भत्किएका, प्रचार सामग्री उखेलिएका र सौर्य पानाहरू पनि क्षतिग्रस्त भएका छन् ।

यातायात र हवाई सेवा अवरुद्ध
प्रान्तभर यातायातमा व्यापक असर परेको छ । मौसमको खराबीका कारण धेरै सडक बन्द गरिएको छ । प्रहरीका अनुसार हावाहुरीको जोखिमले मुख्य सडकहरू बन्द गर्नु परेको हो ।

पञ्जाबको राजधानी लाहोरस्थित विमानस्थलमा उडान सञ्चालनमा पनि समस्या आएको छ । कराँचीबाट लाहोर आउँदै गरेको एक निजी जहाजलाई अवतरणको क्रममा हावाहुरीले अत्यधिक हल्लायो । यात्रुहरू आतंकित भएका थिए । हावाको तीव्रताले गर्दा जहाजका चालकले विमानस्थलमा अवतरण नगरी पुनः कराँची फर्काउने निर्णय गरेका थिए । अन्य धेरै उडानहरूमा पनि ढिलाइ भएको खबर आएको छ ।

थप सतर्कता अपनाउन आग्रह
पीडिएमएले अझै केही दिन मौसम खराब रहने सम्भावना रहेकोले नागरिकहरूलाई सतर्क रहन आग्रह गरेको छ । प्राधिकरणका प्रमुख इरफान अली कथियाले सबै जिल्ला प्रशासक र उद्धार टोलीहरूलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा बस्न निर्देशन दिएका छन् ।

स्थानीय प्रशासनलाई आपसमा समन्वय गरेर सम्भावित विपद् न्यूनीकरण तथा उद्धार कार्यमा सक्रिय रहन भनिएको छ ।

सरकारले नागरिकहरूलाई आवश्यक नपरी बाहिर ननिस्कन, कमजोर संरचनाबाट टाढा रहन र सम्भव भएसम्म सुरक्षित स्थानमा बस्न सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस