११ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोसाईंकुण्ड जाने भक्तजनको चहलपहल सुरु

अ+ अ-

रसुवा । गंगा दशहरा पर्वको पावन अवसरमा पवित्र तीर्थस्थल गोसाईंकुण्ड जाने भक्तजनको अहिले यहाँ चहलपहल सुरु भएको छ ।

यही जेठ १३ गतेदेखि सुरु हुने सो मेला भर्न आउने भारतीयसहित नेपाली तीर्थालुको जिल्ला सदरमुकाम धुञ्चेसहित आसपासका क्षेत्रमा चहलपहल देखिएको छ । समुद्री सतहबाट चार हजार ३८० मिटर उचाइमा रहेको गोसाइँकुण्डमा यही जेठ २४ गतेसम्म लाग्ने धार्मिक मेलामा जाने भक्तजनको उल्लेख्य उपस्थिति रहेको जिल्ला प्रहरी कार्यालय, रसुवाका प्रमुख हेमबहादुर शाहीले बताए।  

गंगा दशहरा पर्वका अवसरमा यस वर्ष मित्रराष्ट्र भारतसहित टाढाबाट समेत धार्मिक पर्यटक आउने क्रम सुरु भएको बताउँदै जिल्ला प्रहरी प्रमुख शाहीले सोही अनुसार सुरक्षा व्यवस्थासहित आवश्यक तयारी गरेको स्पष्ट गरे । गोसाईंकुण्ड क्षेत्र विकास समितिले काठमाडौँदेखि धुञ्चेसम्मको मोटर यात्रापछि पैदल यात्रा सुरु भई तिवारी बगर, खन्ती, देउराली, डिम्सा, चोलाङपाटी हुँदै गोसाईंकुण्ड पुग्न सकिने बताउँदै पैदल यात्राका क्रममा समस्या भए सहजीकरण गर्ने प्रतिबद्धता गरेको छ ।

पवित्र तीर्थस्थल गोसाइँकुण्डमा विशेष पर्व गंगा दशहरा पर्वमा १० दिन र जनैपूर्णिमा पर्वमा पाँच दिन गरी वर्षको १५ दिन विशेष मेला लाग्ने गर्दछ । गोसाइँकुण्डमा स्नान गरी धुन्चे आइपुगेका कृषि वैज्ञानिक डा.ताराबहादुर घिमिरेले जिन्दगीमा एकपटक भए पनि पुग्नैपर्ने हाम्रो धार्मिक आस्थाको केन्द्र शिव शंकर भगवान् विराजमान कुण्ड गोसाईंकुण्ड पुगी स्नान गर्न सबैलाई सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस