काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी चन्द्रागिरि नगरपालिका-१ दह चोकबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका-१ दह चोक बस्ने मकवानपुर हेटौँडा उपमहानगरपालिका-१९ चिसापानी बस्ने ४४ वर्षीय सुदिप अर्याललाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत चितवनबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको छ ।