ओखलढुङ्गा । सिद्धिचरण नगरपालिकाले आफ्नो क्षेत्रलाई खरको छानोमुक्त नगरपालिका बनाउने अभियानअन्तर्गत १९ विपन्न परिवारलाई घर छाउन जस्तापाता प्रदान गरेको छ ।
सिद्धिचरण नगरपालिका भण्डार शाखा प्रमुख चुडामणि दाहालका अनुसार नगरपालिकाले चालु आर्थिक वर्षमा खरको छानो भएका विपन्न नागरिकलाई टिनको छानो फेर्न रु १५ लाख बजेट विनियोजन गरेको थियो । त्यसमध्ये रु १२ लाख ८५ हजार ६६२ मा ८८ बन्डल जस्तापाता खरिद गरेर १९ परिवारलाई वितरण गरिएको थियो । प्रतिघर तीन बन्डलको दरले ५७ बन्डल जस्तापाता बिहीबार वितरण गरिएको हो ।
आगलागी र मनसुनजन्य जोखिमबाट नगरवासीलाई मुक्त गराउन जस्तापाता वितरणको अभियान सञ्चालन गरिएको नगरका उपप्रमुख केदारबाबु बस्नेतले बताए अभियानलाई आगामी वर्ष पनि निरन्तरता दिइने उनले बताए ।