८ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युक्रेनी ड्रोन हमलाले मस्को विमानस्थलको उडान अवरुद्ध

अ+ अ-

मस्को । रुसको राजधानीमा आक्रमण भएपछि बिहीबार मस्को वरपरको हवाई यातायात अवरुद्ध भएको र रातभरमा सहरलाई लक्षित ३५ युक्रेनी ड्रोन खसालिएको रक्षा मन्त्रालयले बताएको छ ।

“हवाई रक्षा प्रणालीले एक सय पाँच युक्रेनी ड्रोन नष्ट र रोक्यो, तीमध्ये ३५ मस्कोतर्फ गइरहेका थिए”, मन्त्रालयले एक विज्ञप्तिमा भन्यो ।मस्कोका मेयर सर्गेइ सोब्यानिनले टेलिग्राम पोस्टमा भने, “आपत्कालीन सेवा विशेषज्ञहरू खसेको भग्नावशेष भएको ठाउँमा काम गरिरहेका छन् ।”

मेयरका अनुसार सहरतर्फ २७ वटा ड्रोन प्रहार गरिएको एक दिनपछि र रुसले सप्ताहन्तमा युक्रेनविरुद्ध रेकर्ड सङ्ख्यामा ड्रोन तैनाथ गरेपछि आक्रमण भएको हो ।तीन वर्षअघि रुसले युक्रेनमा सैन्य आक्रमण सुरु गरेदेखि दुई देशले लगभग दैनिक आधारमा एक अर्काविरुद्ध ड्रोन तैनाथ गरेका छन्, तर मस्कोलाई विरलै लक्षित गरिएको छ ।

बिहीबार धेरै मस्कोका धेरैजसो विमानस्थलमा उडानहरू अवरुद्ध भएको रुसको उड्डयन प्राधिकरण रोसाभियत्सियाले जनाएको छ ।

विमानहरू अस्थायी रूपमा सहरको मुख्य शेरेमेत्येवो विमानस्थलका साथै अन्य विमानस्थलमा ग्राउन्डेड गरिएको थियो ।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बारम्बार किएभ र पश्चिमको बिना शर्त र तत्काल युद्धविरामको आह्वानलाई अस्वीकार गरेका छन् । 

रुसले अहिले क्रिमिया प्रायद्वीपसहित युक्रेनको करिब पाँच भाग नियन्त्रणमा लिएको छ । क्रिमियालाई उसले सन् २०१४ मा कब्जा गरेको थियो । यो लडाइँले दशौँ हजारको ज्यान लिएको छ, लाखौँलाई आफ्नो घर छोड्न बाध्य पारेको छ र युक्रेनको पूर्व र दक्षिणका सहर र गाउँहरू ध्वस्त पारेको छ ।

प्रतिक्रिया दिनुहोस