काठमाडौँ । नेप्से परिसूचक आज १९.०४ अंकले बढेको छ । शून्य दशमलव ७१ प्रतिशतले बढेर २ हजार ६ सय ८८ दशमलव ५५ विन्दुमा उक्लिएको छ । बुधबार नेप्से परिसूचक ७.९४ अंकले घटेको थियो ।
कुल १०४ कम्पनीको सेयर मूल्य बढ्यो भने १४२ कम्पनीको मूल्य घटेको छ । एक कम्पनीको मूल्य स्थिर रह्यो ।
आज ८६ हजार ६८५ पटकको सेयर किनबेचबाट ९ अर्ब ८२ करोड २० लाख रुपैयाँको सेयर कारोबार भएको छ । कुल २ करोड २३ लाख ९६ हजार ३२९ कित्ता सेयर किनबेच भएको छ ।
समग्र नेप्से परिसूचक बढे पनि अधिकाशं उपसमूहमा परिसूचक घटेको छ । बैंकिङ, लघुवित्त, सामूहिक लगानी कोष र निर्जीवन बिमा उपसमूह मात्रै बढ्यो । विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत्, व्यापार, जीवन बिमा, उत्पादन तथा प्रशोधनलगायत उपसमूहहरु घटेको छ ।