७ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र मात्रै हुन्छ’ : सांसद

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने धारणा राखेका छन् । 

बैठकको विशेष समयमा सांसद नारायणदत्त मिश्रले संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प राजसंस्था हुन नसक्ने उल्लेख गर्दै गणतन्त्रको रक्षाका लागि परिवर्तनकारी सबै शक्ति एकजुट हुनुपर्नेमा जोड दिए । 

उनले भने, “पञ्चायतकाल र राणाकालमा भएका ज्यादतीबारे अहिलेका युवापुस्तालाई थाहा हुनुपर्छ, लोकतन्त्र प्राप्तिको निम्ति राजनीतिक दलले गरेका संर्घषको बारेमा पनि नयाँ पुस्तालाई जानकारी हुनुपर्छ ।” 

सांसद नरबहादुर विष्टले स्वास्थ्य परीक्षणको निम्ति ज्येष्ठ नागरिक घण्टौँसम्म लाइन बस्नुपरेको उल्लेख गर्दै स्वास्थ्योचारको निम्ति अनलाइनबाट टिकट लिन सकिने व्यवस्था मिलाउनुपर्ने माग गरे । 

“सिभिल अस्पतालसहित देशैभरिका संघीय मातहतमा रहेका अस्पतालमा ज्येष्ठ नागरिकको निम्ति छुट्टै व्यवस्था हुनुपर्छ, स्वास्थ्य क्षेत्रलाई व्यापारको रूपमा भन्दा पनि सेवाको रूपमा विकास गर्नुपर्छ ।” जनतालाई सर्वसुलभ न्याय सेवा दिनुपर्ने उनको भनाइ छ । सांसद विष्टले राजनीतिक दल वा नेताको पहुँचको आधारमा भन्दा पनि देश र जनताको आवश्यकताको आधारमा सरकारले बजेट ल्याउनुपर्ने धारणा राखे । 

सांसद जयन्तीदेवी राईले भनिन्, “नेपाली सेनाले जागिर गरेको १६ वर्ष पुगिसकेपछि उनीहरूलाई पेन्सनको व्यवस्था हुन्छ, तर सेवा निवृत्त भएको चार वर्ष पछि मात्रै पेन्सन पाउने विषय न्यायपूर्ण छैन ।” उनले गत वैशाख ३१ गते हुम्ला जिल्लामा भएको बाढीपहिरोका कारण भएको क्षतिको तथ्यांक लिएर पीडितलाई क्षतिपूर्तिको माग गरिन् । 

सांसद राईले पछिल्लो समय युवाको विदेश पलायन बढ्दै गएको उल्लेख गर्दै युवा जनशक्तिलाई देशभित्रै राख्नका लागि शिक्षा प्रणालीमा सुधार गर्दै उद्योग र कलकारखाना खोली रोजगारीको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन् । 

प्रतिक्रिया दिनुहोस