काठमाडौँ । मन्त्रिपरिषद् बैठक शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच बजेका लागि डाकेको बैठक केही ढिला गरी शुरु भएको हो ।
आजको बैठक गभर्नर नियुक्तिमा केन्द्रित रहने बताइएको छ ।
केही बेर अघि मात्रै अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको सिफारिस समितिको बैठकले तीन जनाको नाम गभर्नरका लागि सिफारिस गरिसकेको छ । जसमा प्रा. डा. विश्व पौडेल पनि रहेका छन्।
सरकारले पौडेललाई नै गभर्नर बनाउने तयारी गरेको अधिकारीहरूले प्रशासनलाई जानकारी दिएका छन् ।