रोल्पा । रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं.२, दहवनस्थित भगवती माध्यमिक विद्यालयको जग खन्ने क्रममा सोमबार(हिजो) गते फेला परेको शंकास्पद वस्तुलाई आज(मङ्गलवार) नेपाली सेनाको बम डिस्पोजल टोलीले सुरक्षित रूपमा निष्क्रिय गरेको छ।
उक्त शंकास्पद वस्तु फेला परेपछि स्थानीय क्षेत्रमा त्रास फैलिएको थियो। नेपाली सेनाको टोलीले तत्कालै उक्त वस्तुलाई सुरक्षित रूपमा निष्क्रिय गरेको हो।