काठमाडौँ । सुर्तीजन्य पदार्थ नियन्त्रणमा महत्त्वपूर्ण योगदान पुर्याएकाले नेपाललाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले पुरस्कृत गरेको छ ।
विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवसका अवसरमा सन् २०२५का लागि नेपालको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विशेष सम्मान प्राप्त गरेको हो ।
स्वीट्जरल्यान्डको जेनेभामा आयोजित विश्व स्वास्थ्य संगठनको ७९औँ सभामा डब्लुएचओका महानिर्देशक डा.टेड्रोस एडहानोम गेहब्रेयससले आज उक्त सम्मान नेपाललाई प्रदान गरेका हुन् । सो सम्मान स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले ग्रहण गरेका थिए ।
हरेक वर्ष सुर्तीजन्य पदार्थ नियन्त्रणमा असाधारण योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई डब्लुएचओले पुरस्कृत गर्ने गरेको छ । यसअघि नेपालले सूर्तीजन्य पदार्थको बट्टाको अग्रभाग र पछाडि शतप्रतिशत चेतावनीजन्य सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था गरिसकेको छ । सो कदमलाई ऐतिहासिक मान्दै नेपाललाई सम्मान गरिएको हो ।