५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नदीमा पानीको प्रवाह कम हुँदा विद्युत् उत्पादनमा कमी

अ+ अ-

तनहुँ । नदीमा पानीको प्रवाह बढ्न नसक्दा यहाँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रले क्षमताअनुसार विद्युत् उत्पादन गर्न सकेको छैन । ६९ मेगावाट क्षमताको यस जलविद्युत केन्द्रबाट हाल ४२ मेगावाट मात्र विद्युत् उत्पादन भइरहेको छ । 

हिउँ कम पग्लनु तथा वर्षा कम भएकाले नदीमा मिसिने खोलामा जल प्रवाह कम हुँदा विद्युत् उत्पादनमा कमी आएको केन्द्रका प्रमुख इन्जिनियर पशुपति गौतमले बताए । 

“हाल ५० देखि ५५ मेगावाट उत्पादन हुनुपर्नेमा नदीमा पानीको प्रवाह कम भएकाले उत्पादनमा वृद्धि हुन सकेको छैन,” गौतमले भने, “यसपटक पानी कम परेकाले विद्युत् उत्पादन प्रभावित भएको छ ।”  

केन्द्रमा २३/२३ मेगावाटका तीनवटा टर्बाइन छन् । यो केन्द्र सन् १९८९ मा निर्माण भएको हो । यहाँबाट उत्पादित विद्युत् चितवनको भरतपुर र काठमाडौँको स्युचाटार स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमार्फत वितरण हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस